आइएमई मोटर्स र एभरेष्ट बैंकबीच सम्झौता

हिमाल प्रेस ५ चैत २०७९ १८:४४ | Sunday, March 19, 2023
आइएमई मोटर्स र एभरेष्ट बैंकबीच सम्झौता

काठमाडौँ- अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक विक्रेता आइएमई मोटर्स र एभरेष्ट बैंकबीच कर्जासम्बन्धी सम्झौता गरिएको छ। आइएमई मोटर्सका सवारी साधन खरिदका लागि बैंकले कर्जा उपलब्ध गराउने सम्बन्धमा दुई पक्षीय सम्झौता गरिएको हो।

सम्झौतापत्रमा आइएमई मोटर्सका सीईओ हेमन्त पुराणिक र बैंकको तर्फबाट डेपुटी जनरल म्यानेजर गौरव कुमारले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार अशोक लेल्यान्डका देशभर रहेका १७ शोरूम वा एभरेष्ट बैंकको कुनै पनि शाखाबाट ग्राहकले कर्जा सुविधा लिन सक्नेछन्।

सम्झौताअनुसार अशोक लेल्यान्डका सवारीसाधन खरिदका लागि बैंकले ७ वर्षसम्मका लागि १४ प्रतिशत ब्याजदरमा गाडी कर्जा उपलब्ध गराउनेछ। कर्जा प्राप्त गर्न सहज र सरल प्रक्रिया अपनाइने पनि सम्झौतामा उल्लेख छ।

नेपाल राष्ट्र बैंकको नीति निर्देशन अन्तर्गत रहेर सो कर्जा उपलब्ध गरिने बैंकले जानकारी दिएको छ। नेपालको कमर्सियल सवारीसाधन बजारमा अशोक लेल्यान्डको बलियो उपस्थिति रहेको कम्पनीको दाबी छ।

देशभर शोरूम तथा सर्भिसिङसहितका टच प्वाइन्ट विस्तारलाई निरन्तरता दिँदै आएको कम्पनीको भनाइ छ।

प्रकाशित: ५ चैत २०७९ १८:४४ | Sunday, March 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast