आइएमई पेबाट मोबाइल रिचार्ज गर्दा पाइने क्यासब्याकलाई कम्पनीको निरन्तरता

हिमाल प्रेस २८ फागुन २०७९ २०:३८ | Sunday, March 12, 2023
आइएमई पेबाट मोबाइल रिचार्ज गर्दा पाइने क्यासब्याकलाई कम्पनीको निरन्तरता

काठमाडौँ- आइएमई डिजिटल सोलुसन कम्पनीले सञ्चालन गरेको ‘आइएमई पे’मार्फत मोबाइल रिचार्ज गर्दा पाँच प्रतिशत क्यासब्याक पाइने व्यवस्थालाई कम्पनीले निरन्तरता दिएको छ।

आफ्ना सेवाग्राहीलाई आइएमई पे मोबाइल वालेटमार्फत गरिने रिचार्जमा पाँच प्रतिशत क्यासब्याकको अफर यथावत रहेको कम्पनीले जानकारी दिएको छ। ‘टपअपमा पाँच प्रतिशत क्यासब्याक पाउने अफरबाट धेरै सेवाग्राहीहरूलाई फाइदा पुगेको विश्वासका आधारमा यो अफरलाई यथावात राखिएको हो,’ जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उक्त अफरले वित्तीय साक्षरता अभिवृद्विमा महत्त्वपूर्ण भूमिका खेल्दै डिजिटल कारोबारमा सहयोग पुग्ने विश्वास कम्पनीले गरेको छ।

सेवाग्राहीले दुई हजार रिर्चाज गर्दा एक सय रुपैयाँ, एक हजार रिचार्ज गर्दा पचास रुपैयाँ र एक सय रिचार्ज गर्दा पाँच रुपैयाँ क्यासब्याक पाइने कम्पनीले बताएको छ।

साथै हरेक रिर्चाजमा पाँच प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको कम्पनीको भनाइ छ।

प्रकाशित: २८ फागुन २०७९ २०:३८ | Sunday, March 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast