अभिनयबाट टाढिँदै क्यामरन डियाज

हिमाल प्रेस ९ चैत २०७९ १६:२४ | Thursday, March 23, 2023
अभिनयबाट टाढिँदै क्यामरन डियाज

काठमाडौँ- हलिउड अभिनेत्री क्यामरन डियाजले अभिनयबाट टाढिने निर्णय गरेकी छन्। सो निर्णयबाट सबैलाई स्तब्ध बनाएकी उनले आफ्नो अन्तिम प्रोजेक्टपछि काम नगर्ने घोषणा गरेकी हुन्। पारिवारिक कारणले अभिनयटबाट टाढिइरहेको उनले खुलाएकी छन्। ‘कामको व्यस्तताले गर्दा घरपरिवारलाई समय दिन सकिरहेकी छैन,’ उनले भनेकी छन्, ‘परिवारसँग समय बिताउन अभिनयबाट संन्यास लिने निर्णय गरेकी हुँ।’

अहिले एक्सन फिल्मको छायांकनमा व्यस्त छिन्, क्यामरन। फिल्मको छायांकन लन्डनमा भइरहेको छ। कामका कारण लामो समय श्रीमान् र छोरीबाट टाढा हुनुपर्ने भएकाले अभिनयबाट टाढिन निर्णय गरेको उनले बताएकी छन्। ‘कहिलेकाहीँ १०-१० घण्टासम्म पनि काम गर्नुपर्छ,’ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुराकानी गर्दा उनले भनेकी छन्, ‘जसले गर्दा परिवारलाई समय दिन भ्याउँदिनँ। छोरीलाई समय दिन नसक्दा मन भतभती पोल्छ।’

क्यामरन यसअघि पनि फिल्म क्षेत्रबाट टाढिएकी थिइन्। सन् २०१८ मा कमब्याक गरेकी हुन्। एकपटक फेरि उनले अभिनयबाट संन्यास लिने घोषणा गरेर आफ्ना प्रशंसकलाई छक्क पारेकी छन्। ‘चार्लिज एन्जल’, ‘द होलिडे’, ‘द मास्क’लगायत हलिउड फिल्ममा काम गरेकी छन्।

प्रकाशित: ९ चैत २०७९ १६:२४ | Thursday, March 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast