अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा प्रधानमन्त्रीले दिए शुभकामना

हिमाल प्रेस ७ चैत २०७९ ७:३९ | Tuesday, March 21, 2023
अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा प्रधानमन्त्रीले दिए शुभकामना फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा शुभकामना ब्यक्त गरेका छन्।

मंगलबार बिहान एक शुभकामना सन्देश जारी गर्दै जातीय मुक्ति, समानता एवं स्वतन्त्रताका पक्षधर समस्त नेपालीहरूलाई छुवाछूत र जातीयहिंसाविरूद्ध उभिँदै सभ्य र सुसंस्कृत समाज निर्माणको नेतृत्वका लागि अपील गर्दै प्रधानमन्त्री प्रचण्डले शुभकामना व्यक्त गरेका हुन्।

आज देशमै पनि विभिन्न कार्यक्रम हुँदैछन्। संयक्त राष्ट्र संघले सन् १९६५ मा जातीय विभेद उन्मुलन सम्बन्धी महासन्धि पारित गरी जाति तथा रंगभेद उन्मुलन दिवसको रुपमा मनाउने घोषणा गरे पनि नेपालले भने सो महासन्धिलाई सन् १९७१ मा मात्रै अनुमोदन गरेको थियो।

तर यो दिवस भने सन् १९६६ देखि हरेक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ । यसवर्ष पनि जातिय भेदभाव अन्त्यका लागि चेतना जगाउने उद्देश्यका साथ विभिन्न जिल्ला र ग्रामीण स्तरमा समेत विभिन्न कार्यक्रम आयोजना हुदैछन्।

दिवसकै अवसरमा तेह्रथुम आठराईको सक्रान्तिबजारमा सचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ।

जातीय भेदभाव गर्न नपाईने स्पष्ट कानुनी व्यवस्था भएपनि पछिल्लो समय जातीय भेदभाव तथा छुवाछुतका घटना वृद्धि भइरहेको भन्दै भावी संविधानमा दलित समुदायका अधिकारलाई सुनिश्चित गर्नुपर्ने अधिकारकर्मीहरुको माग छ।

छुवाछूत अन्त्यका लागि कडा कानुन बनाएर कार्यान्वयनमा ल्याउनु पर्नेमा समेत अधिकारकर्मीले जोड दिएका छन् । नेपाललाई विस २०६२/६३ को जनआन्दोलन पछि पुनस्थापित संसद्ले २०६३ साल जेष्ठ १६ गते छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast