सुस्तायो सेयर बजार, कारोबार रकम १ अर्ब ३८ करोडमा सीमित

हिमाल प्रेस १६ फागुन २०७९ १५:३४
2
SHARE
सुस्तायो सेयर बजार, कारोबार रकम १ अर्ब ३८ करोडमा सीमित

काठमाडौँ- पछिल्लो केही दिनको कारोबारमा सेयर बजार स्थिर देखिएको छ। आइतबार परिसूचक ४.५५ अंकले बढ्दै २०२७ बिन्दुमा रोकिएको थियो। सोमबार परिसूचक ३.६५ अंकले घट्यो। मंगलबार ३.८१ अंकले घट्दै परिसूचक २०१९.७३ बिन्दुमा छ।

२०२४ बिन्दुबाट सुरु भएको मंगलबारको कारोबार १५ मिनेटमै २०३३ बिन्दुमा उक्लिएको थियो। त्यसपछि २०१४ बिन्दुमा ओर्लिएको परिसूचक बिस्तारै बढेर २०१९.७३ बिन्दुमा पुगेको हो। यो साता सेयर कारोबार पनि दैनिक डेढ अर्ब हाराहारीमा खुम्चिएको छ। आज कुल २६२ कम्पनीको १ अर्ब ३८ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

कारोबार भएकामध्ये ११८ कम्पनीको मूल्य घटेको छ भने ८८ कम्पनीको मूल्य सामान्य बढेको छ। विष्णु पौडेल अर्थमन्त्रालयको जिम्मेवारीमा आएसँगै पुस १० देखि सेयर बजारमा उत्साह देखिएको थियो। त्यसको केही दिन बजारमा उच्च अंकको वृद्धि देखियो। तर माघ अन्त्यमा सार्वजनिक भएको चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा राष्ट्र बैंक सेयर बजारबारे मौन रह्यो।

लगानीकर्ताहरूले १२ करोडको सेयर मार्जिन कर्जाको सीमा हटाउनुपर्ने माग राखेका थिए। तर गभर्नर महाप्रसाद अधिकारी उक्त मागमा सकारात्मक नबन्दा बजारले गति लिन सकेको छैन।

प्रकाशित: १६ फागुन २०७९ १५:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − seven =