खानेपानीका लागि राजनीति नगर्न कर्मचारीलाई मन्त्रीको चेतावनी

हिमाल प्रेस १५ फागुन २०७९ १५:५१
6
SHARES
खानेपानीका लागि राजनीति नगर्न कर्मचारीलाई मन्त्रीको चेतावनी फाइल तस्बिर।

काठमाडौँ- खानेपानीमन्त्री अब्दुल खानले खानेपानीका लागि राजनीति नगर्न कर्मचारीलाई निर्देशन दिएका छन्। सोमबार नेपाल खानेपानी संस्थानको ३४औं वार्षिकोत्सव कार्यक्रममा उनले कर्मचारीलाई खोनपानीका लागि राजनीति नगर्न निर्देशन दिएका हुन्। मन्त्री खानले खानेपानी संस्थानलाई राजनीतिक अखडा बनाए सह्य नहुने चेतावनी दिए।

उनले खानेपानी संस्थान आमसर्वसाधारणलाई स्वच्छ र सफा खानेपानी वितरणका लागि निर्माण भएकाले त्यसलाई राजनीतिक अखडा बनाउन नहुने बताए। खानेपानी संस्थानमा बसेर पार्टी र व्यक्तिको लागि राजनीति कम्तीमा आफ्नो कार्यकालमा नगर्न उनले निर्देशन दिए।

पार्टीमा राजनीति गर्न मन भए फिल्डमै गएर राजनीति गर्न र अरु पार्टीले स्थान नदिए आफ्नो पार्टीमा राम्रो स्थान दिइने उनको भनाइ थियो। कर्मचारीहरूले खानेपानीको सुधार र खानेपानी आम सर्वसाधारणको घरमा पु¥याउन आन्दोलन गर्नुपर्ने उनले बताए।

खानेपानीका लागि बजेट नछ्ुट्याए र प्राथमिकतामा नराखे आफैँ त्यसको नेतृत्व गरेर प्रधानमन्त्री कार्यालय र अर्थमन्त्रालय घेर्ने उनको चेतवानी थियो। उनले काभ्रेपलाञ्चोकको पनौतीमा रहेको खानेपानी संस्थानलाई निजीकरण गर्ने विषय खानेपानी संस्थानले गरेको भन्दै निजीकरण किन गर्नुपर्ने भन्ने कारणसहित ७ दिनभित्र प्रतिवेदन पेश गर्न संस्थानलाई निर्देशन पनि दिए।

प्रकाशित: १५ फागुन २०७९ १५:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fifteen =