सुरु भयो फागु [तस्बिरहरू]

दिपेश श्रेष्ठ १५ फागुन २०७९ १०:४१
26
SHARES
सुरु भयो फागु [तस्बिरहरू]

काठमाडौँ- काठमाडौँ उपत्यकामा फागु सुरु भएको छ। वसन्तपुरस्थित हनुमानढोका दरबारमा विधिपूर्वक चीर (विशेष रूपले सजाइएको लिंगो) गाडिएसँगै रंगहरू र सद्भावको पर्व फागु सुरु भएको हो। सोमबार बिहान ७ बजेर ४५ मिनेटको साइत पारेर चीर ठड्याइएको हो।

हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीनतले चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मान्ने गरिन्छ। सोमबार बिहान मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याई एकअर्कालाई अबिर दलेर फागु पर्व सुरु भएको जनाउ दिएका हुन्।

आज पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर परिसरमा पनि रंगीचंगी कपडा झुन्ड्याएर फागु सुरु भएको जनाउ दिने गरिन्छ।

चीर ठड्याएपछि मानन्धर समुदायका सदस्य गजेन्द्र मानन्धरले असत्यमाथि सत्यको जितको रूपमा ठड्याइएको बताए।

यस वर्षको फागु पर्वको मुख्य दिन फागुन २२ र २३ गते परेको छ। २२ गते हिमाली तथा पहाडी जिल्लामा र २३ गते तराई जिल्लामा फागुको सार्वजनिक बिदा दिइएको छ।

प्रकाशित: १५ फागुन २०७९ १०:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − fourteen =