सन्दीपको सुनुवाइ हुँदै, पल छुट्दै

हिमाल प्रेस १५ फागुन २०७९ ७:३१
4
SHARES
सन्दीपको सुनुवाइ हुँदै, पल छुट्दै

काठमाडौँ- नाबालिग बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनवाइ हुने भएको छ। आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको बन्द इजलासमा भएको सुनुवाइ अन्तिममा मुद्दा हेर्दाहेर्दैमा राखिको छ। उनको मुद्दाको सुनुवाइ आजलाई तोकिएको छ।

बलात्कार मुद्दामा उच्च अदालत, पाटनले धरौटीमा छाडेपछि सन्दीपलाई थुनामा राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च रिट दायर गरेको थियो। यद्यपि, यसअघि नै पीडित नाबालिक नभएको पुष्टि अदालतले गरिसकेको छ। सन्दीप आफैले विदेश जान पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

गत शुक्रबार अदालतले उनलाई विदेश जान नदिने आदेश दिएको थियो। साथै अदालतले उनीविरुद्ध धरौटीमा छाडेको मुद्दाको पनि एकमुष्टमा सुनवाइ गर्ने बताएको थियो। आजको फैसलापछि सन्दीप विदेश जान पाउने-नपाउने निर्णय हुने छ। यदि महान्यायधीवक्ता कार्यालयको पक्षमा फैसला भएमा उनी पुन: जेल जानु पनि पर्न सक्छ।
छुट्दै पल

बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएका अभिनेता पूर्णविक्रम शाह (पल शाह) आज रिहा हुँदैछन्।
शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन्।

आफूलाई बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन्। १५ फागुनमा शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए।
उनलाई तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि पूर्वी नवलपरासी (नवलपुर) जिल्ला अदालतले भने साढे दुई वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिन आदेश दिएको थियो।

त्यसविरुद्ध शाहले पुनरावेदन दिएका थिए। आइतबार न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले शाहमाथि लागेको अभियोगमा सफाइ दिने फैसला गरेको थियो । आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्‍याउन ढिला भएकाले शाह सोमबार रिहा हुन लागेका हुन्।

प्रकाशित: १५ फागुन २०७९ ७:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =