गुजुल्टिएका तार व्यवस्थापनका लागि सञ्‍चारमन्त्री शर्मा र मेयर बालेनबीच भेटवार्ता

हिमाल प्रेस १४ फागुन २०७९ १७:५४
28
SHARES
गुजुल्टिएका तार व्यवस्थापनका लागि सञ्‍चारमन्त्री शर्मा र मेयर बालेनबीच भेटवार्ता

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ।

आइतबार सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त भेटमा काठमाडौँ महानगरमा अव्यवस्थित रहेका बिजुली, टेलिफोन, इन्टरनेटका तार व्यवस्थापनको उपायबारे छलफल भएको हो।

अव्यवस्थित तारले सहरी सुन्दरता घटाएकाले यसको नियमन र व्यवस्थापनबारे छलफल भएको बताइएको छ।

छलफलका क्रममा मन्त्री शर्माले सेवा प्रदायक संस्थालाई अव्यवस्थित तारहरूको व्यवस्थापन गर्न ऐन बनिरहेको र त्यसलाई चाँडै संसदीय समितिमा पठाउने सरकारको तयारी रहेको बताएकी छन्।

मौजुदा कानुन र श्रोत साधनलाई प्रयोग गरी मन्त्रालयको संयोजनमा सरोकारवालाहरूसँग छलफल गरेर तत्कालै तारलाई कसरी व्यवस्थित गरेर सहरी सुन्दरता प्रवर्द्धन गर्ने भन्ने विषयमा पनि छलफल भएको छ।

मन्त्री र मेयरबीचको भेटवार्तामा सरकारसँग रहेका डिजिटल डाटालाई कसरी सुरक्षित गर्ने सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =