प्रधानमन्त्री प्रचण्ड फागुन १९ गते कतार जाने

हिमाल प्रेस १४ फागुन २०७९ १३:१२
12
SHARES
प्रधानमन्त्री प्रचण्ड फागुन १९ गते कतार जाने

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ फागुन १९ गते कतार जाने भएका छन्।

परराष्ट्र मन्त्रालयले आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री प्रचण्ड अतिकम विकसित राष्ट्रहरूको पाँचौं सम्मेलनमा भाग लिन कतार जान लागेको जानकारी गराएको हो।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार प्रधानमन्त्री प्रचण्डले सो सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ। साथै सम्मेलनमा सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरूसँग पनि प्रधानमन्त्री प्रचण्डले द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

नेपाली दूतावास र त्यहाँस्थित नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा पनि प्रचण्ड सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

चार दिनको भ्रमण सम्पन्न गरेर प्रधानमन्त्री प्रचण्ड फागुन २२ गते स्वदेश फर्कनेछन्।

प्रकाशित: १४ फागुन २०७९ १३:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =