बागमती सरबारबाट बाहिरियो राप्रपा

हिमाल प्रेस १३ फागुन २०७९ २१:४७
बागमती सरबारबाट बाहिरियो राप्रपा

काठमाडौँ– बागमती प्रदेश सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाहिरिएको छ। खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापाले शनिबार साँझ ८ बजे प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष उनको निवासमा संयुक्तरूपमा राजीनामा बुझाएका हुन्।

उनले पार्टीको निर्णयानुसार राजीनामा दिइएको बताएका छन्। मुख्यमन्त्री निवासमा राप्रपाका थापासँगै पर्यटन, उद्योग तथा सहकारीमन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरणमन्त्री राजु विष्टले पनि राजीनामा बुझाएका हुन्।

बागमती प्रदेशको ११० प्रदेश सभा सदस्यमध्ये राप्रपाको १३ सिट छ।

प्रकाशित: १३ फागुन २०७९ २१:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − 2 =