एमाले प्रतिपक्षमा गइसक्यो, मन्त्रिपरिषद् छिट्टै पुनर्गठन हुन्छ : प्रचण्ड

हिमाल प्रेस १३ फागुन २०७९ १८:२३
18
SHARES
एमाले प्रतिपक्षमा गइसक्यो, मन्त्रिपरिषद् छिट्टै पुनर्गठन हुन्छ : प्रचण्ड फाइल तस्बिर।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले प्रतिपक्षमा गइसकेकाले अब छिट्टै नै नयाँ मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका छन्।

महेन्द्रनारायण निधिको १०१ औं जन्मजयन्तीका सन्दर्भमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। ‘नेपाली कांग्रेसलाई राष्ट्रपति दिऔं भनेर मैले एमाले अध्यक्ष केपी ओलीसँग आग्रह गरेको थिएँ। तर उहाँले मान्नुभएन, त्यसैले आठदलीय गठबन्धन बन्यो। अब एमाले सरकारबाट बाहिरिन सक्छ, प्रतिपक्षमा बस्न सक्छ,’ उनले भने, ‘छिट्टै नै मन्त्रिपरिषद् पुनर्गठन हुन्।’

एमालेसँगको गठबन्धन असहजपूर्ण भएकाले आफूले नयाँ गठबन्धन बनाएकोसमेत उनले बताएका छन्।

संविधान र संघीयता स्वीकार गर्न नसक्नेसँगको सहकार्यले राजनीतिमा जटिलता मात्रै थप्ने भएकाले उनले नेपाली कांग्रेससहित आठ दलसँग नयाँ गठबन्धन बनाएको स्पष्ट पारे।

‘राजनीतिमा उतारचढावहरू हुन्छन्। धेरै किसिमका सम्भावना पनि हुन्छन्। हामीले परिवर्तनका पक्षधर शक्तिहरूलाई केन्द्रित गरेर जनताको आसा र अपेक्षा अनुसार जान सक्छौँ कि सक्दैनौँ भन्ने चुनौती हुन्छ,’ उनले भने, ‘संविधान र संघीयतालाई स्वीकार्न नचाहने एमालेसँग सहकार्य जटिल भएकाले नयाँ गठबन्धन बनाइएको हो।’

देशको आर्थिक अवस्था अप्ठ्यारो अवस्थामा रहेको बताउँदै उनले पछिल्लो केही महिनामा सकारात्मक सन्देश देखिएको जिकिर गरे।

उनले आठ दलले राष्ट्रपति उम्मेदवार बनाएको रामचन्द्र पौडेल लोकतन्त्र र राष्ट्रको हितप्रति कहीँ कसैसँग नझुक्ने दाबी गरे।

प्रकाशित: १३ फागुन २०७९ १८:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =