राष्ट्रपति निर्वाचनपछि पनि प्रचण्ड नै प्रधानमन्त्री : धनराज गुरुङ

हिमाल प्रेस १३ फागुन २०७९ १६:५६
10
SHARES
राष्ट्रपति निर्वाचनपछि पनि प्रचण्ड नै प्रधानमन्त्री : धनराज गुरुङ फाइल तस्बिर।

काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले राष्ट्रपति निर्वाचनपछि पनि प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’कै निरन्तरता रहने बताएका छन्।

शनिबार आठदलीय गठबन्धनतर्फ बाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको उम्मेदवारी दर्तापछि नयाँ वानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।

राष्ट्रपतिको निर्वाचनपछि पनि प्रधानमन्त्री प्रचण्ड नै रहने उनको भनाइ छ। ‘२५ गतेपछि पनि प्रचण्डजी नै प्रधानमन्त्री रहनुहुन्छ। धेरै पहिलादेखि भनेको थिएँ र अहिले पनि भनिराखेको छु, निरन्तर प्रधानमन्त्री उहाँ नै हो,’ उनले भने।

प्रधानमन्त्रीमा प्रचण्डकै निरन्तरता हुनुले सरकार अस्थिर भन्न नमिल्ने बताए। ‘यसो भएपछि अस्थिर कसले भन्ने? प्रचण्डजी नै निरन्तर प्रधानमन्त्री हो,’ उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + ten =