राष्ट्रपतिमा रामचन्द्र पौडेलको जित निश्‍चित : प्रकाश ज्वाला

हिमाल प्रेस १३ फागुन २०७९ १६:२६
10
SHARES
राष्ट्रपतिमा रामचन्द्र पौडेलको जित निश्‍चित : प्रकाश ज्वाला

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वालाले राष्ट्रपति पदमा नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलको जित निश्चित रहेको दाबी गरेका छन्।

राष्ट्रपति पदका लागि शनिबार पौडेलले उम्मेदवारी दर्ता गराएपछि संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।

आफ्नो पार्टीसहित ८ दलहरूको साझा उम्मेदवारको रूपमा पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दिएकाले उनको जित निश्चित भएको उनले बताए।

‘आठ दलले कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने, समर्थन गर्ने निष्कर्ष हामीले हिजो निकाल्यौं। त्यसैअनुसार आज उम्मेदवारी दर्ता भएको छ। त्यो निर्वाचनम कांग्रेसका उम्मेदवारले जित्ने पनि निश्चित छ। भोलिका दिनमा पनि अब नयाँ ढंगले सरकारको निर्माणको कुरा होला। राष्ट्रलाई कसरी अघि बढाउने भन्ने कुरा होला। सत्तासाझेदारीका कुरा होला। यी कुराहरूमा छलफल र संवाद गरेर एकता अघि बढ्ने संकल्प गरिएको छ,’ उनले भने, ‘नयाँ यात्रा तय गर्नका लागि यो यसलाई एउटा कोशेढुंगाको रूपमा लिन सकिन्छ।’

नयाँ गठबन्धनबाट सुरु भएको यात्रा अब सरकार निर्माण, राष्ट्र निर्माण, जनताको निम्ति काम गर्ने सवालमा पनि अघि बढ्ने उनको भनाइ छ। उनले जति धेरै राजनीतिक दलहरूबीच सहमति भयो देशको राजनीति त्यति नै स्थिर हुने उनले स्पष्ट पारे।

प्रकाशित: १३ फागुन २०७९ १६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + nineteen =