नेपाल-भारत सीमाका स्तम्भ अनुगन गर्न आवश्यक : धनुषा प्रजिअ दाहाल

हिमाल प्रेस १३ फागुन २०७९ १६:००
14
SHARES
नेपाल-भारत सीमाका स्तम्भ अनुगन गर्न आवश्यक : धनुषा प्रजिअ दाहाल नेपाल-भारत सीमासुरक्षा बैठकमा सहभागी दुवै पक्षाका प्रतिनिधिहरू।

जनकपुरधाम– नेपाल-भारत सीमासुरक्षा समन्वय समितिको बैठक सम्पन्न भएको छ।

शनिबार धनुषामा प्रमुख जिल्ला अधिकारी काशीराज दहाल र भारत मधुवनी जिल्लाका डीएम अरबिन्दकुमार वर्माको अध्यक्षतामा बसेको बैठकमा सीमासुरक्षा, सीमा अतिक्रमण नियन्त्रण, लागुऔषध ओसारपसार नियन्त्रणलगायत विषयमा छलफल भएको छ।

धनुषाका प्रजिअ दाहालले नेपाल-भारत सीमाक्षेत्रमा रहेको सीमास्तम्भको अनुगन गरेर मर्मत सम्भार गर्नुपर्ने आवश्यकता औंल्याए। लागुऔषध दुर्व्यसन तथा लागुऔषध कारोबार नियन्त्रण गर्न दुई देशका सुरक्षा संयन्त्रबीच सूचना आदान प्रदानको सहमति भएको उनले बताए।

भारत मधुवनीका डीएम बर्माले बिहारमा रक्सी प्रतिबन्धित रहेकाले नेपालतर्फ रहेका रक्सी पसलहरूको अनगुमन र आपराधिक गतिविधिमा संलग्न व्यक्तिको आवतजावतमा कडाइ गर्न आफूहरूले नेपाली पक्षलाई आग्रह गरेको उल्लेख गरे।

बैठकमा धनुषाका साथै सप्तरी, सिरहा र महोत्तरीका प्रजिअ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसनधान विभागका जिल्ला प्रमुखहरूले नेपाल-भारत सीमाक्षेत्रमा देखिएका समस्या र समाधानका उपायबारे बोलेका छन्।

प्रकाशित: १३ फागुन २०७९ १६:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 12 =