काठमाडौँ– रेनेशा राई रानाको निर्देशनमा तयार भएको चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’को पोष्टर सार्वजनिक भएको छ। पोष्टरमा फिल्मका मुख्य कलाकार धिरज मगरलाई दोहोरो भूमिकामा देखिएका छन्।
लाहुरे र डान्सरको पोशाकमा देखिएका छन्। धिरजसहित फिल्ममा जसिता गुरुङ र अरुण क्षेत्री प्रमुख भूमिकामा छन्। प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराले निर्माणमा बनेको फिल्म आगामी बैशाख २१ गतेबाट प्रदर्शन हुनेछ।
सुशन प्रजापतिको छायांकन रहेको फिल्ममा रोहित शाक्य र कालिप्रसाद बाँस्कोटाको संगीत छ।
प्रकाशित: १२ फागुन २०७९ १९:५९
प्रतिक्रिया