७ दिनभित्र अव्यवस्थित तार हटाउन महानगरको निर्देशन, नभए कारबाही हुने

हिमाल प्रेस १२ फागुन २०७९ ८:५१
6
SHARES
७ दिनभित्र अव्यवस्थित तार हटाउन महानगरको निर्देशन, नभए कारबाही हुने

ललितपुर- अस्तव्यस्त तवरले राखेका इन्टरनेटका तार हटाउन ललितपुर महानगरपालिकाले निर्देशन दिएको छ।

इन्टरनेट सेवा प्रदायक संस्था र नेपाल टेलिकमले सडक किनारामा राखेका अव्यवस्थित तार र बिजुलीका पोल–पोलमा राखेका तारका मुठा ७ दिनभित्र हटाउन महानगरले आज सूचना निकालेर निर्देशन दिएको हो।

यस्ता तारहरूले महानगर क्षेत्रलाई कुरूप बनाएको तथा सुन्दर र स्मार्ट सहर बनाउने अभियानमा चुनौती थपिएकोले त्यस्ता तार हटाउन निर्देशन दिइएको महानगरले जनाएको छ।

प्रकाशित: १२ फागुन २०७९ ८:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =