मदन भण्डारी राजमार्गको झापा-सुनसरी खण्डमा ४ पुल निर्माण

हिमाल प्रेस ११ फागुन २०७९ १५:५८
10
SHARES
मदन भण्डारी राजमार्गको झापा-सुनसरी खण्डमा ४  पुल निर्माण फाइल तस्बिर।

झापा– मदन भण्डारी राजमार्गमा पर्ने ३५ पुलमध्ये चारको निर्माण सम्पन्न भएको छ। बाँकी ३३ पुलको कामसमेत ७० देखि ९० प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ।

मदन भण्डारी राजमार्ग योजना कार्यालयका इञ्जिनीयर सजित शर्माका अनुसार झापाको बाहुनडाँगीदेखि सुनसरीस्थित धरानको सर्दुखोलासम्मको एक सय ३१ किलोमिटर सडकमा पर्ने पुलको हालसम्मको भौतिक प्रगति ७८ प्रतिशत भएको छ।

उनले सो सडकमा पर्ने पुलमध्ये सदम, मुरंगी, डाले र मुगु खोलामा पक्की पुल निर्माण भइसकेको बताए। निर्माण भएका सबै पुल मोरङ जिल्लाभित्र पर्ने उनले जानकारी दिए।

उनले झापा सडकखण्डमा पर्ने १० वटा पुलकोसमेत निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए। ‘सबै पुलको निर्माण कार्य तीव्रगतिमा भइरहेको छ,’ उनले भने, ‘यही रफ्तारमा काम हुँदा तोकिएको समयमै सकिन्छ।’

उनले अधिकांश पुलको निर्माण ८० देखि ९० प्रतिशतसम्म भइसकेको जानकारी दिए। उनका अनुसार टाङटिङ, गोयाङ, विरिङ, दामा खोलालगायतको पुलको काम ९० प्रतिशत पूरा भइसकेको छ।

निर्माणाधीन पुलको लम्बाइ २० मिटरदेखि ४ सय मिटरसम्मका रहेको उनले बताए। १० अर्ब १३ करोड रुपैयाँ लागतमा १ सय ३१ किलोमिटर सडक र ३७ पुलको ठेक्का लगाइएको इञ्जिनीयर शर्माको भनाइ छ।

प्रकाशित: ११ फागुन २०७९ १५:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + seventeen =