सूर्यविनायक–धुलिखेल सडक ४ लेनको बन्दै

हिमाल प्रेस ७ फागुन २०७९ १५:४३
10
SHARES
सूर्यविनायक–धुलिखेल सडक ४ लेनको बन्दै

काठमाडौँ- सूर्यविनायक–धुलिखेल सडक चार लेनमा विस्तार हुने भएको छ। अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तार गरी ४ लेनको बनाउने गरी ठेक्का सम्झौता गरिएको छ। सम्झौता अनुसार ३ वर्षमा सडक विस्तारको काम सकिनेछ। सडक निर्माण भएको २५ वर्षपछि काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्मको पहिलो चरण र भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको साँगासम्मको सडकखण्ड दोस्रो चरणमा सक्नेगरी छुट्टाछुट्टै सम्झौता भएको छ।

कुल १५ दशमलव ५ किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेलसम्म ८ दशमलव ४ किलोमिटर खण्डको ठेक्का लामा कन्स्ट्रक्सनले ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँ लागतमा बनाउने सम्झौता छ। सो खण्डको सम्झौता गत मंसिर २७ गते भएको थियो। सम्झौता अनुसार आगामी २०८२ साल मंसिरभित्र सो सडकखण्ड विस्तारको काम सक्नुपर्नेछ।

त्यस्तै दोस्रो चरणमा निर्माण गरिने सूर्यविनायक–साँगा सडकखण्डको लम्बाई ७ दशमलव ५ किलोमिटर छ । सो खण्डको ठेक्का सम्झौता आशिष/कुमार श्रेष्ठ/बन्धन भगवती जेभीसँग ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ लागतमा बनाउने सम्झौता भएको छ।

सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयले विस्तार गर्नुपर्ने खण्डको विस्तारमा सहयोग गर्न सम्बन्धित स्थानीय तहलाई पत्राचार गरिएको बताएको छ। सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनमा विस्तार गर्ने योजनाअनुरूप मापदण्डभित्रका भवन तथा संरचना हटाउन लगत संकलन थालिएको छ।

प्रकाशित: ७ फागुन २०७९ १५:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eight =