प्रधानमन्त्री ‘प्रचण्ड’सँग पूर्वाधार नीति र यातायात सुधारबारे छलफल

हिमाल प्रेस ७ फागुन २०७९ १०:२२
14
SHARES
प्रधानमन्त्री ‘प्रचण्ड’सँग पूर्वाधार नीति र यातायात सुधारबारे छलफल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पूर्वाधार नीति तथा कार्यान्वयन सुझाव कार्यदल र यातायात सुझाव सुधार कार्यदलले छलफल गरेका छन्।

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको अग्रसरतामा गठन भएको सो कार्यदलका सदस्यहरूले प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका हुन्।

छलफलमा यातायातमन्त्री श्रेष्ठसँगै पूर्वधार कार्यदलका संयोजक सूर्यराज आचार्य, यातायात कार्यदल संयोजक शरदचन्द्र पौडेललगायत कार्यदलका सदस्यहरूको सहभागिता थियो। बालुवाटारमा भएको भेटमा यातायात सुधारका उपाय र पूर्वाधार नीतिलगायत विषयमा छलफल भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + seventeen =