शिवरात्रीमा यसरी हुँदैछ काठमाडौँको ट्राफिक व्यवस्थापन (कुन गाडीको रुट कता?)

हिमाल प्रेस ५ फागुन २०७९ १६:४८
12
SHARES
शिवरात्रीमा यसरी हुँदैछ काठमाडौँको ट्राफिक व्यवस्थापन (कुन गाडीको रुट कता?)

काठमाडौँ- उपत्यका ट्राफिक प्रहरी कार्यालयले शिवरात्री पर्वको कारण काठमाडौँको ट्राफिक व्यवस्थापत भद्रगोल हुन सक्ने भएकाले त्यसको व्यवस्थापनको लागि रुट छनोट गरेको छ। महाशिवरात्री पर्व गौशालास्थित पशुपति क्षेत्रमा आज रातिदेखि नै दर्शनार्थीहरूको भिडभाड हुने भएकाले सवारी साधनलाई डाईभर्सन गरी व्यवस्थापन मिलाउन लागेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

यो अवधिमा कुन खालका सवारी कहाँ पार्किङ गर्ने भन्नेबारे पनि निश्चित ठाउँ तोकिएको छ। गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चावहिल, पुरानोबानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाटै डाईभर्सन गरिने भएको छ।

त्यसैगरी मालवहाक सवारी साधानहरूलाई भने तिनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामंगलपुल र बसुन्धाराबाटै डाइभर्सन गरिने भएको छ। गौशाला क्षेत्रमा शनिबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भूमिका निर्वाह गर्न अनुरोध गरिएको छ।

प्रकाशित: ५ फागुन २०७९ १६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =