पृथ्वीजयन्ती र जनयुद्ध दिवसमा अर्को वर्ष पनि बिदा दिने सरकारको निर्णय

हिमाल प्रेस ५ फागुन २०७९ १५:०६
16
SHARES
पृथ्वीजयन्ती र जनयुद्ध दिवसमा अर्को वर्ष पनि बिदा दिने सरकारको निर्णय

काठमाडौँ- सरकारले आगामी वर्ष पनि पृथ्वी जयन्ती र जययुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। २०८० सालका लागि यसअघि भएका बिदामा पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थप्ने निर्णय भएको सरकारको प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

उनका अनुसार पृथ्वी जयन्ती र जनयुद्ध दिवसको सार्वजनिक बिदा सरकारी क्यालेन्डरमै समावेश गर्ने निर्णय भएको छ। त्यस्तै उनले सार्वजनिक बिदा पुनरावलोकनको काम आगामी भदौसम्म सकिने निर्णय भएको पनि बताइन्।

प्रकाशित: ५ फागुन २०७९ १५:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 15 =