पर्यटन मन्त्रीलाई प्रश्नः पोखराबाट कहिले हुन्छ अन्तर्राष्ट्रिय उडान?

हिमाल प्रेस ५ फागुन २०७९ १३:४८
12
SHARES
पर्यटन मन्त्रीलाई प्रश्नः पोखराबाट कहिले हुन्छ अन्तर्राष्ट्रिय उडान? फाइल तस्बिर।

पोखरा- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग पोखराका पर्यटन व्यवसायीहरूले अन्तर्राष्ट्रिय उडानलगायत पर्यटनका विविध विषयमा प्रश्न गरेका छन्।

पोखरा पर्यटन परिषद्को आयोजनामा मन्त्रीसँग पर्यटन विषय केन्द्रित अन्तक्रिया कार्यक्रममा व्यवसायीहरूले पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि सरकारले गरिरहेको पहलको जानकारी माग गरे।

जनवरी १ मा उद्घाटन गरिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेसम्म पनि अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन।

मन्त्री किरातीले अन्तर्राष्ट्रिय उडानका लागि आफूले पहल गरिरहेको जानकारी दिए। उनले पोखरा उत्कृष्ट गन्तव्य र पर्यटनको ‘विश्वविद्यालय’ नै भएकाले यसको विकासमा आफूले निकै चासो दिएको बताए।

त्यसैगरी पर्यटन व्यवसायीले नेपाल पर्यटन बोर्डको कार्यविधि नबनेकाले पर्यटन प्रवद्र्धनमा विनियोजित रकम खर्च हुन नसकेको विषयमा पनि प्रश्न उठाएका थिए।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले पर्यटन प्रवर्द्धनका लागि लागि बोर्ड सदस्यबाट पूर्वाधार विकासका एजेन्डा प्रस्तुत हुन नसकेको गुनासो गरे। रासस

प्रकाशित: ५ फागुन २०७९ १३:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + eighteen =