रसुवाका तत्कालीन भन्सार अधिकृत दानबहादुरको २ करोड १० लाख अकुत सम्पत्ति

हिमाल प्रेस ४ फागुन २०७९ १८:४३
8
SHARES
रसुवाका तत्कालीन भन्सार अधिकृत दानबहादुरको २ करोड १० लाख अकुत सम्पत्ति

काठमाडौँ– रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दानबहादुर केसीले गैरकानुनी गरी सम्पत्ति कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

केसीले जागिरको अवधि २०४३ साउन १ गतेदेखि सालदेखि २०७८ असार ३० गतेसम्म जागिरमा रहँदा २ करोड १० लाख १० हजार चारसय ८२ रुपैयाँ ५१ पैसा अकुत सम्पत्ति ठहर गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनले जागिरको अवधिमा ५ करोड ६१ लाख २६ हजार ५०२ रुपैयाँ आम्दानी गरेका गरेको तर योमध्ये २ करोड १० लाख १० हजार चारसय ८२ रुपैयाँको स्रोत खुलेको छैन।

अख्तियारको विज्ञप्ति

रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दान बहादुर के.सी.उपर बिगो रु.२,१०,१०,४८२।५१ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

प्रेस विज्ञप्ति:- मिति २०७९।११।०४ गते ।

रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दान बहादुर के.सी.ले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज दान बहादुर के.सी.ले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०४३।०४।०१ देखि मिति २०७८।०३।३० सम्मको अवधिको निजको सम्पूर्ण वैधानिक आयहरूमा पारिश्रमिक बचत, विभिन्न प्रोत्साहन भत्ता पुरस्कार रकम, जग्गा बिक्री, कर्मचारी संचयकोषबाट लिएको कर्जा आय, स्वआर्जित घर बहाल आय, पैत्रिक घर बहाल आय, कृषि आय, अंशबण्डाबाट प्राप्त नगद, बीमा परिपक्व भै प्राप्त गरेको रकम र बैंक ब्याजबाट प्राप्त रकम समेत गरी जम्मा रु.३,५१,१६,०२०।२२ (तीन करोड एकाउन्न लाख सोह्र हजार बीस रूपैंया बाइस पैसा) एवं सोही जाँच अवधिमा निजको सम्पूर्ण व्यय (खर्च तथा लगानी) हरुमा घर निर्माण, जग्गा खरिद र रजिष्ट्रेशन दस्तुर, संगोलमा रहँदा नै जग्गा खरिद गर्दा भएको निजको भागमा पर्न आउने खर्च, छोराछोरीहरुको अध्ययन खर्च, संचय कोषको कर्जा भुक्तानी, स्वआर्जित घर बहाल कर, पैत्रिक घर बहाल कर, बीमाको प्रिमियम भुक्तानीमा भएको खर्च, छोरीहरूलाई दिएको रकम, शेयर खरिदमा भएको खर्च, सवारी साधन खरिदमा भएको खर्च, निजी भ्रमणमा भएको खर्च, औषधी उपचार खर्च, सुन खरिदसमेत गर्दा भएको खर्च र बैंक मौज्दातसमेत गरी जम्मा रु.५,६१,२६,५०२।७३ (पाँच करोड एकसठ्ठी लाख छब्बीस हजार पाँच सय दुई रूपैंया त्रिहत्तर पैसा) खर्च तथा लगानी गरेको देखिंदा निजको कुल वैधानिक आयलाई निजले गरेको कुल व्ययसँग तुलना गर्दा आयभन्दा रु. २,१०,१०,४८२।५१ (दुई करोड दश लाख दश हजार चार सय बयासी रूपैंया एकाउन्न पैसा) को वैधानिक स्रोत पुष्टि हुन नसकेकोले प्रचलित कानूनबमोजिम सार्वजनिक पद धारण गरेको राष्ट्रसेवक कर्मचारीले पदमा बहाल रहँदाका बखत अमिल्दो तथा अस्वभाविक सम्पत्ति आर्जन गर्नुका साथै मनासिब कारणबिना अमिल्दो र अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको हुँदा निज दान बहादुर के.सी.ले सार्वजनिक पदको दुरुपयोग गरी रु.२,१०,१०,४८२।५१ बराबरको सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरेकोले साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूरमा रु.२,१०,१०,४८२।५१ (दुई करोड दश लाख दश हजार चार सय बयासी रूपैंया एकाउन्न पैसा) विगो कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएवमोजिम सोही ऐनको दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम कैद तथा जरिवानाको सजाय हुन तथा निज दान बहादुर के.सी.ले जाँच अवधिमा गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति निजको नाममा रहेको बैङ्कमा मौज्दात रकम र श्रीमती सुसिला पण्डितको नाममा हाल कायम रहेको आंशिक श्रोत नपुगेको हिस्साको र जाँच अवधि पछि खरिद गरेका सम्पत्तिबाट समेत साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा ३, १६ ग, दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत/असुल उपर गरी पाउन मागदावी लिइएको छ। 

यसैगरी निज दान बहादुर के.सी.ले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति निजले श्रीमती सुसिला पण्डितको नाममा जग्गाहरु खरिद, घर निर्माण तथा बैंक खाताहरुमा रकम मौज्दात लगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको लागत मूल्य बराबरको भागको स्रोत नखुलेको सम्पत्ति बिगो र त्यसबाट बढेबढाएको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ मात्र साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १६ ग¸ दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ (ख) बमोजिम सुसिला पण्डितलाई प्रतिवादी कायम गरी स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई निजको नाममा हाल कायम सम्पत्तिमध्येबाट बिगो जफत गरी पाउन मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 

   
     प्रवक्ता
श्याम प्रसाद भण्डारी

प्रकाशित: ४ फागुन २०७९ १८:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =