प्रदेश सरकार स्थापना भएको दिनमा पनि गण्डकीमा बिदा

हिमाल प्रेस ४ फागुन २०७९ ८:१६
8
SHARES
प्रदेश सरकार स्थापना भएको दिनमा पनि गण्डकीमा बिदा

काठमाडौँ- गण्डकी प्रदेशभर बिहीबार सार्वजनिक बिदा दिइएको छ।

प्रदेश सरकारले सरकार स्थापना दिवसका अवसरमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिएको हो।

गत वर्ष चैत २३ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन बिदा दिने निर्णय गरेको थियो। प्रदेश स्थापना दिवसबाहेक प्रदेश सरकारले भानु जयन्ती, कोजाग्रत पूर्णिमा र चैतेदसैँमा बिदा दिँदै आएको छ।

गण्डकी प्रदेश सरकारले स्थापना दिवसका अवसरमा बिहीबार विभिन्न कार्यक्रम गर्दैछ।

 

प्रकाशित: ४ फागुन २०७९ ८:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + twelve =