संस्कृत शिक्षालाई वैज्ञानिक ढंगले अध्यापन गराउन आवश्यक : राष्ट्रपति भण्डारी

हिमाल प्रेस ३ फागुन २०७९ १९:३०
10
SHARES
संस्कृत शिक्षालाई वैज्ञानिक ढंगले अध्यापन गराउन आवश्यक : राष्ट्रपति भण्डारी

दाङ– राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृत ज्ञानलाई आधुनिक शैलीबाट अध्यापन गराउने वातावरण मिलाउन नेपाल संस्कृत विश्वविद्यालयलाई आग्रह गरेकी छन्।

दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयमा निर्माण भएको आयुर्वेद शिक्षण भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।

आयुर्वेद, योग, प्राकृतिक चिकित्साविधि एवम् वास्तु शास्त्रीय विषय आधुनिक शैलीबाट अध्यापन गराए यसले धेरै विद्यार्थीलाई समेट्न सक्ने उनको भनाइ छ।

ऋषिमुनिहरूले नासोका रूपमा हामीलाई छोडेर गएका नेपालका वैदिक परम्परा तथा उपचार विधिहरूको संरक्षण गर्नु हाम्रो कर्तव्य रहेको र यसका लागि मुलुकका विश्वविद्यालयहरू पनि लाग्नुपर्नेमा उनले जोड दिइन्।

‘संस्कृत वांमयको गहन अध्ययन गरेको हुनाले नै जननेता स्व. मदन भण्डारीमा सिर्जनात्मक क्षमता, उच्च नैतिकता, गहन संस्कृति बोध र सच्चा राष्ट्रप्रेमजस्ता विशेष गुण विद्यमान थिए,’ उनले भनिन्।

दाङ उपत्यका नेपालको ठूलो उपत्यकामध्येको एक रहेको र मानव सभ्यताको विकासमा यसको ठूलो योगदान रहेको स्थानका रूपमा पनि चिनारी रहेको बताउँदै उनले आफू धेरै पटक दाङ आएको स्मरण पनि गरिन्।

सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संस्कृत विश्वविद्यायलाई थप व्यवस्थित गर्नका लागि आफू सदैव सहयोगी बन्ने बताइन्।

प्रकाशित: ३ फागुन २०७९ १९:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − ten =