गाल्टियर भन्छन्, क्वार्टरफाइनल पुग्ने पीएसजीको सम्भावना सकिएको छैन

हिमाल प्रेस ३ फागुन २०७९ १३:१३
8
SHARES
गाल्टियर भन्छन्, क्वार्टरफाइनल पुग्ने  पीएसजीको सम्भावना सकिएको छैन

काठमाडौँ- च्याम्पियन्स लिग प्रिक्वार्टरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखसँग पराजित भए पनि पेरिस सेन्ट जर्मेन (पीएसजी) का प्रशिक्षक क्रिस्टोफ गाल्टिएरले आफ्नो टिमको कवार्टरफाइनल पुग्ने सम्भावना नसकिएको बताएका छन्। मंगलबार राति पीएसजीलाई  उसकै मैदानमा हराउन बायर्नका विंगर किंग्स्ले कोमानले दोस्रो हाफमा गोल गरेका थिए।

‘रुखो सुनिएला तर तथ्य यही हो, यो नतिजाले कुनै टिम क्वार्टरफाइनलमा पुगिसकेको छैन। मलाई लाग्छ दोस्रो लेगमा हामीले नतिजा आफ्नो पक्षमा पार्नेछौँ। किनभने दोस्रो लेगको तयारी गर्न हामीसँग पर्याप्त समय छ। हामीले आज अन्तिम २५ वा ३० मिनेट जसरी खेल्यौँ, दोस्रो लेगमा त्यसरी नै खेले बायर्नलाई हराउन सकिनेछ,’ गाल्टियरले भने।

पीएसजीले जर्मन च्याम्पियनविरुद्ध लियोनल मेस्सी र नेयमारलाई अग्रपंक्तिमा खेलाएको थियो। यी दुईको उपस्थितिका बाबजुद पनि पीएसजीले बायर्नविरुद्ध गतिला आक्रमण बुन्न सकिरहेको थिएन। खेलमा लगभग एक घण्टा बितेपछि किलियान एम्बाप्पे मैदान प्रवेश गरेका थिए। त्यसपछि भने पीएसजीको खेलाम सुधार आएको थियो।

एम्बाप्पले दुई पटक बललाई पोस्टको दिशा देखाएका थिए। तर दुवै गोलले मान्यता पाएनन्, अफसाइड भए। घरेलु लिगमा पछिल्ला दुई खेल चोटका कारण गुमाएका एम्बाप्पेले बायर्नसँगको खेलबाट पुनरागमन गरेका हुन्।

दोस्रो लेगका लागि पीएसजीका खेलाडी पूर्ण रुपमा तयार हुने गाल्टियरको विश्वास छ। भर्खरै चोटमुक्त भएका एम्बाप्पे त्यसबेलासम्म स्वाभाविक लयमा फर्किसक्ने पनि गाल्टियरको अपेक्षा छ। दोस्रो लेग मार्च ७ मा बायर्नको मैदानमा हुनेछ।

प्रकाशित: ३ फागुन २०७९ १३:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast