घट्यो सुनको मूल्य, प्रतितोला कति?

हिमाल प्रेस ३ फागुन २०७९ ११:५२
12
SHARES
घट्यो सुनको मूल्य, प्रतितोला कति?

काठमाडौँ- सुनचाँदी बजारमा आज (बुधबार) छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सय रुपैयाँले घटेको छ।

अघिल्लो दिन प्रतितोला १ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ लाख ३ हजार ६ सय तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार १ सय छ।  यसको मूल्य अघिल्लो दिन १ लाख ३ हजार ३ सय थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रूपैयाँले घटेर १ हजार २ सय ९० तोकिएको महासंघले जनाएको छ।

प्रकाशित: ३ फागुन २०७९ ११:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 12 =