विद्यत् सर्ट भई आगलागी, ६० लाख बराबरको क्षति

हिमाल प्रेस १ फागुन २०७९ ७:३१
4
SHARES
विद्यत् सर्ट भई आगलागी, ६० लाख बराबरको क्षति

बारा- बाराको जितपुरसिमरा उपमहानगरपालिका –७ स्थित सिटी मार्केटमा विद्युत् सर्ट भई आइतबार आगलागी हुँदा ५ वटा कपडा पसलका सामग्री पूर्णरुपमा जलेर नष्ट भएको छ।

चारवटा पसलमा आंशिक रूपमा जलेर करिब ६० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीको भनाइ छ।
त्यस्तै, सोलुखुम्बु दुधकुण्ड नगरपालिका –५ बस्ने बुदराज तामाङको घरमा विद्युत् सर्ट भई आइतबार दिउँसो आगलागी भएको छ।

आगलागीबाट भएको क्षतिको विवरण हाल आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
यसैबीच, प्रहरीले नपाली सेना, सशस्त्र प्रहरी बल, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो। घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

प्रकाशित: १ फागुन २०७९ ७:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + sixteen =