महाशिवरात्रि तयारी : पाशुपत क्षेत्रमा रंगरोगन र सरसफाइ [हेर्नुस् तस्बिरमा]

दिपेश श्रेष्ठ २९ माघ २०७९ १६:२२
8
SHARES
महाशिवरात्रि तयारी : पाशुपत क्षेत्रमा रंगरोगन र सरसफाइ [हेर्नुस् तस्बिरमा]

काठमाडौँ– महाशिवरात्रि नजिकिएसँगै पशुपतिनाथ मन्दिर क्षेत्रमा धमाधम सरसफाइ, रंगरोगन, सजावट तथा मर्मत सम्भारको काम भइरहेको छ। यसवर्ष फागुन ६ गते शनिबार परेको महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई सुविधा दिने उद्देश्यले पशुपति क्षेत्रमा विशेष सफाइ अभियान सुरु गरिएको हो।

महाशिवरात्रि आयोजनाका लागि पशुपति क्षेत्र विकास कोषको अगुवाइमा मूल समारोह समितिसहित ९ वटा उपसमिति गठन गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती मूल समारोह समितिको अध्यक्ष रहेका छन्।

सफाइ अभियानमा कोषका सदस्य सचिव डा. मिलन थापा, कोषाध्यक्ष नारायण सुवेदी, कार्यकारी निर्देशक डा. घनश्याम खतिवडालगायत कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, भक्तजन, स्थानीय संघ संस्थाका प्रतिनिधिहरूसहित १ सय जना सफाइ कर्मचारी र स्वयंसेवी पनि सहभागी हुने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए।

मूल समारोह समितिअन्तर्गत गठिन उपसमितिले महाशिवरात्रिका दिनसम्म प्रत्येक दिनजसो सफाइ अभियानलाई निरन्तरता दिने उनले जानकारी दिए।

महाशिवरात्रि आयोजनाका लागि रंगरोगन, साजसज्जा, सवारी साधन पार्किङ, जुत्ता चप्पल व्यवस्थापनलगायत सबै तयारी पूरा गर्न र भक्तजन, साधुसन्त, अवलोकनकर्ता, पूजारीलगायत उपस्थित हुनेहरूको सहजताका लागि ध्यान दिन मन्त्री किरातीले कोषका उच्च कर्मचारीहरूलाई निर्देशन दिएका छन्।

                                                                                                                                                                                                                                 तस्बिरहरू-दिपेश श्रेष्ठ/हिमाल प्रेस
प्रकाशित: २९ माघ २०७९ १६:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − nine =