विज्ञ टोलीले तयार पारेको विधेयक मन्त्री मोदीलाई हस्तान्तरण

हिमाल प्रेस २६ माघ २०७९ १९:४७
6
SHARES
विज्ञ टोलीले तयार पारेको विधेयक मन्त्री मोदीलाई हस्तान्तरण

काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फोहरमैला व्यवस्थापनसम्बन्धी कानुनलाई व्यवस्था गर्न बनेको विधेयक हस्तान्तरण गरिएको छ।

मन्त्रालय र नेपाल कानुन समाजको विज्ञ टोलीबाट तयार गरिएको उक्त विधेयक बिहीबार हस्तान्तरण गरिएको हो। पूर्वमुख्यसचिव तीर्थमान शाक्य र नेपाल कानुन आयोगका पूर्वअध्यक्ष माधव पौडेलले उनलाई विधेयक हस्तान्तरण गरेका हुन्।

संघीय सरकारले र संसद्ले बनाउनुपर्ने ती विधेयक मन्त्रालयको नेतृत्वमा विज्ञबाट मस्यौदा तयार गरी संघ, प्रदेश र स्थानीयका सरोकारवालाका सुझावको आधारमा तयार गरिएको समाजले जनाएको छ।

उक्त विधेयकमा स्थानीय सरकारले कार्यान्वयन गर्ने, प्रदेश सरकारले समन्वय गर्ने र संघले सहजीकरण गर्ने गरी व्यवस्था गरिएको छ। सो अवसरमा मन्त्री मोदीले तीन तहका सरकारबीच समन्वयका लागि विधेयक जरुरी भएको र प्राप्त विधेयकलाई आगामी सदनमा पेश गरिने बताए।

शाक्य र पूर्वमन्त्री पौडेलले मुलुकका लागि ती विधेयक अत्यन्त आवश्यक रहेकाले विधेयक अन्तिम नभएसम्म समाजको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङ र समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले विधेयकको विशेषताबारे जानकारी गराए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =