परराष्ट्रमन्त्री पौड्याल र बेलायती उपमन्त्रीबीच भेटवार्ता

हिमाल प्रेस २५ माघ २०७९ २०:०८
6
SHARES
परराष्ट्रमन्त्री पौड्याल र बेलायती उपमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल र बेलायतका पूर्वसैनिक एवम् सैन्य परिवार मामिला उपमन्त्री डा. एन्ड्रयु मरिसनबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा बुधबार भएको भेटवार्तामा दुईपक्षीय सहकार्य र आपसी हितका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटमा मन्त्री पौड्यालले कोभिड- १९ महामारीका समयमा नेपालमा सहयोग गरेकामा बेलायत सरकारलाई धन्यवाद ज्ञापन गरेको मन्त्रालयले जानकारी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 14 =