७६.६४ अंकले बढ्यो नेप्से परिसूचक

हिमाल प्रेस २४ माघ २०७९ १५:२९
6
SHARES
७६.६४ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ– मंगलबार सेयर बजार परिसूचक (नेप्से) ७६.६४ अंकले बढेको छ। अघिल्लो हप्तादेखि स्थिरजस्तो देखिएको बजार आज खुलेदेखि लगातार उकालो लाग्यो।
२१०० बिन्दुबाट सुरु भएको परिसूचक २१७७.३४ बिन्दुमा पुगेर रोकिएको छ। आज कारोबार भएकामध्ये २१५ कम्पनीको सेयर मूल्य बढ्यो।

मंगलबार कारोबार रकममा पनि सुधार देखिएको छ। आज कुल २६० कम्पनीको ९३ लाख ३३ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ३६ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज नेप्सेका सबै उपसमूहको सूचक बढेको छ। सधैभन्दा धेरै लगानी उपसमूहको सूचक ६.२५ प्रतिशतले उकालो लाग्यो। त्यस्तै विकास बैंक उपसमूह ५.०७, फाइनान्स ५.९४ र जलविद्युत् उपसमूह ५.३१ प्रतिशतले बढ्यो।

आज बरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, राधी विद्युत् कम्पनी, आदर्श लघुवित्तलगायत ९ कम्पनीमा सकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका हिसाबले एनआईसी एशिया बैंक शीर्ष स्थानमा रह्यो। यसको १२ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। दोस्रो स्थानमा रहेको नाग्दी ग्रुप पावरको ११ करोड रुपैयाँको कारोबार भयो।

प्रकाशित: २४ माघ २०७९ १५:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 8 =