भृकुटीमण्डपमा सुरु भयो क्यान इन्फोटेक [फोटो फिचर]

दिपेश श्रेष्ठ २४ माघ २०७९ १५:२३
6
SHARES
भृकुटीमण्डपमा सुरु भयो क्यान इन्फोटेक [फोटो फिचर]

काठमाडौँ- कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा क्यान इन्फोटेक– २०२३ काठमाडौंमा सुरु भएको छ। काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको क्यान इन्फोटेकको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उदघाटन गरिन्। मन्त्री शर्माले सूचना प्रविधिको प्रयोगले सार्वजनिक सेवालाई पारदर्शी बनाउन सकिने बताइन्। राजनीतिक अस्थीतरताका कारण कुनै क्षेत्रलाई प्राथमिकता राख्ने भन्ने यकिन हुन नसकेको उनको भनाइ छ।

कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा उत्पादित कतिपय प्रविधि विश्वस्तरमै प्रतिस्पर्धा गर्नसक्ने अवस्थामा रहेकाले हरेक सरकारी निकायमा नेपाली सफ्टवेयरको प्रयोगको नीति सरकारले लिनुपर्ने बताए। सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विभिन्न उत्पादन र सेवाबारे जानकारी दिने उद्देश्यले आयोजित प्रदर्शनी माघ २९ गतेसम्म चल्नेछ।

प्रदर्शनीमा सूचना तथा प्रविधि क्षेत्रका हार्डवेयर, सफ्टवेयर, इन्टरनेट सेवा प्रदायक, मोबाइल तथा मोबाइल एक्सेसरिजलगायत कम्पनीका दुई सयभन्दा बढी स्टल राखिएको क्यानले जनाएको छ।त्यस्तै हरेक दिन आईसीटी सेमिनार सञ्चालन गरिने पनि आयोजक क्यानले जानकारी दिएको छ। क्यान इन्फोटेकको करिब साढे तीन लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २४ माघ २०७९ १५:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 2 =