काठमाडौँ– थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले मधुमेह (सुगर)का बिरामीलाई लक्षित गरी निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पतालले फागुन ७ गते मधुमेहका बिरामी लक्षित निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको हो।
नर्भिक अस्पतालको नर्सिङ ट्रेनिङ हलमा कार्यक्रम आयोजना हुनेछ। दिउँसो १ बजेदेखि हुने कार्यक्रममा अस्पतालले निःशुल्क सुगर लेभल जाँचको सेवासमेत दिने जनाएको छ। अस्पतालकी विशेषज्ञ चिकित्सक डा. मधु पाण्डेले जनचेतनामूलक कार्यक्रमको नेतृत्व गर्ने र निःशुल्क परामर्श सेवासमेत उपलब्ध गराउने छिन्।
नर्भिक अस्पतालले बेलाबेला आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ।
प्रकाशित: २४ माघ २०७९ १४:०७
प्रतिक्रिया