धनुषा सहिदनगर नगरपालिकाका तत्कालीन मेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

हिमाल प्रेस २३ माघ २०७९ २०:४३
28
SHARES
धनुषा सहिदनगर नगरपालिकाका तत्कालीन मेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जनकपुरधाम– धनुषाको सहिदनगर नगरपालिकाका तत्कालीन नगरप्रमुख उदयकुमार बरबरिया र उपप्रमुख शीलादेवी कापरीसहित १२ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका तत्कालीन मेयर यादव, उपप्रमुख कापरी, तत्कालीन लेखा समिति संयोजक, प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनामाथि विशेष अदालत काठमाडौँमा आरोप पत्र दर्ता गरेको हो।

सहिदनगर नगरपालिका ८ स्थित विसरभोरा नहरदेखि गोठकोयलपुर सीमासम्म कृषि सडक निर्माणमा उनीहरूले २ लाख १२ हजार ८१६ रुपैयाँ २३ पैसा बराबरको भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारको दाबी छ।

‘फिल्डमा भएको कामभन्दा बढी काम गरेको भनी गलत नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार पारी उपभोक्ता समितिलाई बढी भुक्तानी गरेको देखिएको छ,’ अख्तियारको आरोप पत्रमा भनिएको छ। लागत इस्टिमेट र कार्य सम्झौताअनुसार काम गर्ने भनिए पनि बढी भुक्तानी दिइएको अख्तियारको दाबी छ।

मेयर यादवमाथि अन्य योजनामासमेत भ्रष्टाचार गरेको आरोप लागेको छ। तर, उनीमाथि कृषि सडक निर्माणमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले पहिलो मुद्दा विशेष अदालतमा लगेको हो।

भ्रष्टाचार मुद्दा लाग्नेमा सहिदनगर नगरपालिकाका तत्कालीन लेखा अधिकृत नन्दकुमार झा पनि हुन्। उनी अहिले जनकपुरधाम उपमहानगरपालिकामा लेखा अधिकृत नै छन्। विशेष अदालतमा मुद्दा दायर भएकाले उनी निलम्बनमा परेका छन्।

प्रकाशित: २३ माघ २०७९ २०:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + fifteen =