स्याङ्जाको वालिङमा जिप दुर्घटना हुँदा १ जना घाइते

हिमाल प्रेस २३ माघ २०७९ १७:०३
स्याङ्जाको वालिङमा जिप दुर्घटना हुँदा १ जना घाइते सांकेतिक तस्बिर।

पोखरा– स्याङ्जाको वालिङमा सोमबार जिप दुर्घटना हुँदा १ जना घाइते भएका छन्। सिर्सिकोट छापाबाट वालिङतर्फ आउँदै गरेको लु. १ ज २५३६ नम्बरको जिप वालिङ ११, सिर्सिकोट छापामा दिउँसो दुर्घटना हुँदा स्थानीय ३४ वर्षीय विजय गोतामे घाइते भएका हुन्।

जिपमा चालकसहित ५ जना सवार रहेकोमा सिर्सिकोट छापाका गोतमेको टाउको र अनुहारमा चोट लागेको हो। उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा प्राथमिक उपचारपछि थप जानकारीका लागि पोखरा रेफर गरिएको स्याङ्जा प्रहरीले जनाएको छ। अन्य यात्रु सकुशल छन्।

जिप सडकदेखि करिब ८ मिटर तल खसेर दुर्घटना भएको हो। जिप चालकलाई नियन्त्रण लिएर प्रहरीले अनुसन्धान थालेको छ।

प्रकाशित: २३ माघ २०७९ १७:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − twelve =