मिडिया विधेयक तत्काल अगाडि बढाउँछु : सञ्चारमन्त्री शर्मा

हिमाल प्रेस २३ माघ २०७९ १३:५६
4
SHARES
मिडिया विधेयक तत्काल अगाडि बढाउँछु : सञ्चारमन्त्री शर्मा

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडिया विधेयकलाई तत्काल अगाडि बढाउने बताएकी छन्।

सोमबार प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघको भेटघाट कार्यक्रममा बोल्दै उनले संसद्मा पेस गर्न बाँकी मिडिया विधेयकहरूलाई सरकारले तत्काल अगाडि बढाउने कार्ययोजनामा रहेको बताएकी हुन्। उनले त्यसका लागि तत्काल सरोकारवाला निकायहरूले आवश्यक सल्लाहसुझावहरू मन्त्रालयलाई दिन पनि आग्रह गरिन्।

उनले आमसञ्चार क्षेत्रका लागि बनेका कानुनहरू अधिकांश पुराना भएकाले वर्तमान अवस्थाका आधारमा कानुनहरू परिमार्जन गर्न आवश्यक रहेको र सरकार सकारात्मक रहेको बताइन्।

‘आमसञ्चारको एउटा महत्त्वपूर्ण क्षेत्र हो। यो क्षेत्रको विकास, समृद्धि र सबलीकरण हुने राज्यको सबलीकरण हुनु हो,’ उनले भनिन्, ‘देशको राजनीतिक परिवर्तन राजनीति र पत्रकारिता अभिन्न अंगका रूपले जोडिएको छ। राजनीति र पत्रकारिता जोडिएको थिएन भने ठूला–ठूला राजनीतिक परिवर्तन सम्भव थिएन।’

उनले मिडिया सकारात्मक हुँदा मात्रै परिवर्तन सम्भव रहेको भन्दै मिडिया र सरकार सकारात्मक रूपमा जोडिएर अगाडि बढ्नुपर्ने आवश्यक रहेको बताइन्। उनले नकारात्मक विषयमा आलोचना गर्दा कसैलाई बेफाइदा नहुने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + thirteen =