राष्ट्रियसभा उपाध्यक्षमा अर्याल निर्विरोध निर्वाचित

हिमाल प्रेस २३ माघ २०७९ १२:४१
4
SHARES
राष्ट्रियसभा उपाध्यक्षमा अर्याल निर्विरोध निर्वाचित

काठमाडौँ- राष्ट्रियसभा सदस्य उर्मिला अर्याल राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित भएकी छन्। सोमबार बसेको राष्ट्रियसभाको बैठकले उनलाई उपाध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो।

राष्ट्रियसभाको उपाध्यक्षका लागि एउटा मात्रै प्रस्ताव परेको थियो। बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनेर एउटा मात्रै प्रस्तावको सूचना प्राप्त भएको भन्दै अर्याल उपाध्यक्षमा निर्वाचित भएको घोषणा भएका हुन्।

प्रकाशित: २३ माघ २०७९ १२:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =