सुपरमाई हाइड्रोपावरको आईपीओ बिक्री खुल्यो

हिमाल प्रेस २३ माघ २०७९ १०:५०
2
SHARE
सुपरमाई हाइड्रोपावरको आईपीओ बिक्री खुल्यो

काठमाडौँ- सुपरमाई हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ। कम्पनीले आजदेखि सर्वसाधारणका लागि ४ लाख १५ हजार कित्ता सेयर बिक्री खुलाएको हो। यसअघि, आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाहरूलाई आईपीओ बिक्री गरिसकेको छ।

आयोजनाले आफ्नो जारी पूँजी ५० करोडको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँको ५ लाख कित्ता सेयर बिक्री गर्ने छ। यसमध्ये, वैदेशिक रोजगारीमा गएकाहरुका लागि ५० हजार कित्ता छुट्याइएको थियो। यस्तै, सामूहिक लगानी कोषका लागि २५ हजार र आयोजना प्रभावितका लागि १० हजार कित्ता सेयर बिक्री गरिसकेको छ।

बाँकी रहेको ४ लाख १५ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। आज माघ २३ गतेदेखि खुलेको बिक्री माघ २६ गतेसम्म कायम रहनेछ। कम्पनीको सेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि देखि २० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। यो कम्पनीले ७।८ मेगावाट क्षमताको आयोजना बनाइरहेको छ । आईपीओको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

प्रकाशित: २३ माघ २०७९ १०:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − one =