त्रिवि र टेलिकमबीच क्याम्पसमा इन्टरनेट सेवा विस्तार गर्ने सम्झौता

हिमाल प्रेस २२ माघ २०७९ १९:०३
94
SHARES
त्रिवि र टेलिकमबीच क्याम्पसमा इन्टरनेट सेवा विस्तार गर्ने सम्झौता

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय र नेपाल दुरसञ्चार प्राधिकरण (टेलिकम) बीच त्रिविका सबै आंगिक र सामुदायिक क्याम्पसमा ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार गर्ने सम्झौता भएको छ।

ग्रामिण दुरसञ्चार विकास कोष प्रयोग गरी त्रिविका क्याम्पसमा ब्रोडब्यान्ड इन्टरनेट पुराउने विषयमा नेपाल टेलिकमसँग समझदारीपत्रमा हस्ताक्षर भएको हो।

समझादारीपत्रमा उल्लेख भएअनुसार नेपाल दुरसञ्चार प्राधिकरणले त्रिभुवन विश्वविद्यालयका ५ सय २५ क्याम्पसहरूमा ब्रोडब्यान्ड इन्टरनेट जडान गरिदिने भएको छ।

समझदारीपत्रमा त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा पेशल दाहाल र प्राधिकरणको तर्फवाट अध्यक्ष पुरुषोत्तम खनालले हस्तक्षर गरेका छन्।

समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक डा. सुरेन्द्रलाल हाडा, त्रिवि सूचना प्रविधि तथा नवप्रवर्तन केन्द्रका निर्देशक प्रा.डा सुवर्ण शाक्य, त्रिवि सूचना प्रविधि तथा नवप्रवर्तन केन्द्रका विज्ञ रोमकान्त पाण्डे, नेपाल पब्लिक संघको अध्यक्ष शिवराज सञ्जेल, त्रिवि रजिस्ट्रार कार्यालयका प्रमुख नविन्द्र प्रसाद भण्डारीलगायतको उपस्थिति थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =