परराष्ट्रमन्त्री पौड्याल र श्रीलंकाका राष्ट्रपतिबीच भेट, आपसी हितबारे छलफल

हिमाल प्रेस २१ माघ २०७९ २१:०८
10
SHARES
परराष्ट्रमन्त्री पौड्याल र श्रीलंकाका राष्ट्रपतिबीच भेट, आपसी हितबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री ड.विमला राई पौड्यालले श्रीलकाका राष्ट्रपति रणिल विक्रमासिंघेसँग आज साँझ शिष्टाचार भेट गरेकी छन्। श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ रहेकी मन्त्री पौड्यालले राष्ट्रपतिसँग भेट गरी दुई देशबीचको आपसी हित र चासोका विषयमा छलफल गरेकी हुन्।

श्रीलंकका राष्ट्रपतिसँग परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसँग हवाई सम्पर्क विस्तार, दुई देशबीच सांस्कृतिक आदानप्रदान, नेपालमा बौद्ध दर्शनको अध्ययनलगायतका विषयमा सहकार्य अघि बढाउन आग्रह गरेकी छन्।

मन्त्री पौड्यालले श्रीलंकाको स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन कोलम्बोमा रहेका भारतका विदेश राज्यमन्त्री, बंगलादेश, माल्दिभ्स र श्रीलंकाका विदेशमन्त्रीहरूसँग अलग अलग भेटवार्ता गरेकी छन्।

ती देशका विदेशमन्त्रीहरूसँगको भेटमा उनले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का गतिविधिलाई सक्रिय बनाउने र सार्क मुलुकहरूबीच आपसी छलफल, सहकार्य सम्पर्क संजाल विस्तार गर्नुपर्नेमा जोड दिइन्।

यसअघि परराष्ट्रमन्त्री पौडेलले श्रीलंकाका प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेकी थिइन्। मन्त्री पौड्याल श्रीलंकाको भ्रमण पूरा गरी आइतबार (भोलि) नेपाल फर्कने कार्यसूची छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + nine =