परराष्ट्रमन्त्री पौड्याल र श्रीलंकाका प्रधानमन्त्रीबीच शिष्टाचार भेट

हिमाल प्रेस २१ माघ २०७९ १५:५५
10
SHARES
परराष्ट्रमन्त्री पौड्याल र श्रीलंकाका प्रधानमन्त्रीबीच शिष्टाचार भेट

काठमाडौँ– परराष्ट्रमन्त्री डा. बिमला राई पौड्यालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग शिष्टाचार भेट गर्दै आपसी सहयोग र सहकार्य थप बलियो बनाउने बताएकी छन्।

श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन मन्त्री पौड्याल बिहीबार त्यसतर्फ लागेकी हुन्। उनले शुक्रबार साँझ प्रधानमन्त्रीसँग भेट गरी दुई मुलुकबीचको सहकार्य, पर्यटन, व्यावार र आपसी सम्बन्ध र सहकार्यबारे छलफल गरेकी हुन्।

श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबर्द्धनेले नेपाल र श्रीलंकाबीच पुरानो मित्रता रहेकाले आपसमा सहार्य गरी सम्बन्ध थप ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए। प्रधानमन्त्रीसँगको भेटअघि परराष्ट्रमन्त्री पौड्यालले श्रीलंकाकाली समकक्षी एमयूएम अली सब्रिसँग भेट गरिन्। उनकै निमन्त्रणामा पौड्याल श्रीलंका भ्रमणमा गएकी हुन्।

शुक्रबार नै उनी श्रीलंकाको स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा सहभागी भइन्। शनिबार सुर्योदयसँगै श्रीलंकाको स्वतन्त्र दिवसको अवसरमा आयोजित झण्डोत्तलोन र परेड कार्यक्रममा मन्त्री पौड्याल सहभागी भइन्।

उनले पूर्वराष्ट्रपति महिन्दा राजापाक्षसँग पनि भेटवार्ता गरेकी थिइन्। उनले शनिबार नै श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिंघेसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। यसबाहेक उनले अन्य मुलुकबाट आएकाहरूलाई पनि साइडलाइनमा भेट गरेकी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + fifteen =