लागुऔषध दुर्व्यसनीको ‘हब’ बन्दै मधेश प्रदेश

हिमाल प्रेस २१ माघ २०७९ १४:५५
8
SHARES
लागुऔषध दुर्व्यसनीको ‘हब’ बन्दै मधेश प्रदेश

जनकपुरधाम– मधेश प्रदेशमा लागुऔषधका प्रयोगकर्ताका कारण अपराधिक क्रियाकलाप बढ्दै गएको छ। लागुऔषधको प्रयोगका कारण यस प्रदेशमा अपराधिक घटनाहरू बढ्दै गएको भन्दै नेपाल प्रहरीले थप शतर्कता अपनाउन आग्रह गरेको छ।

मधेश प्रदेशका ८ वटै जिल्ला भारतसँग सीमा जोडिएका कारणले खुला सीमाका कारण पनि लागुऔषधका कारण विभिन्न अपराधिक घनाहरू बढ्दै गएको प्रहरीले जनाएको छ। खुला सीमाका कारण भारतबाट लागुऔषध ओसारपसार गर्न सजिले हुने र त्यसले झनै विकृति र अपराधिक क्रियाकलाप बढ्नलाई मद्दत गरिरहेको छ।

खुला सीमानाका कारण सुगम बनाउने भन्दा जटिलता झनै बढी देखिएको जिल्ला प्रहरी कार्यालय धुनषाका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रदीपबहादुर क्षेत्रीले बताए। उनले खुला सीमाका कारण मधेशका जिल्लाहरूमा अपराध थपिँदै गएको र युवाहरू लागुऔषधलगायतको कुलतमा समेत फस्ने क्रम बढिरहेको जानकारी दिए।

लागुऔषधको ‘हब’ बन्दै

मधेश प्रदेश लागुऔषध दुर्व्यसनी र लागुऔषध कारोबारीहरूका लागि हबका रूपमा परिणत भइरहेको प्रहरीको तथ्यांकले नै देखाउँछ। गत माघ १२ गते जनकपुरधामबाट प्रहरीले ठूलो परिणामसहित लागुऔषध नियन्त्रणमा लिएको थियो। जनकपुरधामबाट लागुऔषधसहित ४ जना युवालाई प्रहरीले पक्राउ गरेको थियो।

यसअघि पुस २१ गते धनुषामा नगरपालिका वडा नम्बर ६ मा २ कठ्ठामा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको थियो। डीएसपी क्षेत्रीले समाजमा लागुऔषधमा फसेको छ भन्नलाई परिवारले नै हिच्किचाउने र समयमा नै आवश्यक उपचार नगर्दा किशोरकिशोरीहरू कुलतमा झनै फस्न थालेको बताए।

प्रदेश प्रहरी कार्यालयको तथ्यांकका अनुसार चालु आर्थिक वर्षमा लागुऔषधका ७५ वटा मुद्दा दर्ता भएका छन्। त्यस्तै लागुऔषध दुव्र्यसनमा संलग्न र लागुऔषध कारोबामा संलग्न १ सय ५ जनालाई नियन्त्रणमा समेत लिएको छ।

आर्थिक वर्ष ०७७/७८ मा लागुऔषध अन्तर्गत ७ सय १४ मुद्दा दर्ता भएका थिए भने ९ सय ९९ जनालाई प्रहरीले पक्राउ गरेको थियो। त्यस्तै आर्थिक वर्ष ०७८/७९ मा ९ सय २२ वटा मुद्दा दर्ता भएका थिए भने १ हजार २ सय ८५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

मधेश प्रदेशमा लागुऔषधको उपलब्धता सहज रहेकाले नै लागुऔषध दुर्व्यसनीहरूको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको लागुऔषध दुर्व्यसनी विरुद्धको अभियानमा सहभागी हुँदै आएका स्पर्श नेपालका नवीन मल्लिकको भनाइ छ।उनले लागुऔषधमा फसिसकेकालाई समयमै उपचार गर्ने हो भने ठिक हुने भए पनि लागुऔषधको सेवा गर्नेबित्तिकै समाजमा बिग्रियो भन्ने मानसिकता रहेको बताए।

यस्तै मधेश प्रदेशमा सीमापारिबाट मधेशका सहरसम्म लागुऔषध ल्याउने र अर्को समूह त्यहाँबाट पहाडी जिल्लाका सहरसम्म पुर्‍याउने र तेस्रो समूहले काठमाडौँलगायत ठूला सहरसम्म लागुऔषध पुर्‍याई बिक्री वितरण गर्ने गरेको पाएको
प्रहरीले जनाएको छ।

लागुऔषध नियन्त्रण अभियन्ता मनोजकुमार कर्णका अनुसार लागुऔषध सेवनकर्ताहरू प्रायः एकान्त खोज्ने, लागुऔषध किन्नका लागि घरबाट पैसा चोर्ने लगायका गतिविधिहरू देखाउने गर्दछन्। लागुऔषध नियन्त्रण अभियन्ता उनले लागुऔषधको सेवन गर्नेहरूलाई समयमै उपचार गर्नसके समस्याबाट मुक्त हुने बताए।

प्रकाशित: २१ माघ २०७९ १४:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 8 =