तस्बिरमा राजधानीको अस्तव्यस्त सडक पूर्वाधार

हिमाल प्रेस २१ माघ २०७९ ११:२९
32
SHARES
तस्बिरमा राजधानीको अस्तव्यस्त सडक पूर्वाधार महालक्ष्मी स्थानमा राखिएको नबल्ने ट्राफिक लाइट।

काठमाडौँ- सडकमा ट्राफिक व्यवस्थापन हुन नसक्नु काठमाडौँ उपत्यकाका प्रमुख विशेषतामध्ये एक हो। ट्राफिक लाइट छ तर प्रयोगमा आएका छैन वा बिग्रिएको ट्राफिक लाइट छ।

सडकका खाल्डाखुल्डी त नागरिकले वास्तै गर्न छोडिसके, सरकारको अटेरीपनले। घरबाहिर निस्किएर सवारीसाधन चढ्नेबित्तिकै कुन चोकमा जाम पर्ने हो पत्तै हुँदैन।

त्यसैले पनि विद्यालय र क्याम्पस जाने विद्यार्थी र कार्यालय जाने कर्मचारीले निर्धारित समयमै गन्तव्य स्थल पुग्न कम्तीमा आधा घण्टाअघि नै घरबाट निस्किनुपर्ने बाध्यता छ।

यी सबैको पछाडिको मुख्य कारण सडकमा ट्राफिक पूर्वाधारको कमी र हेलचेक्र्याइँ हो। सडकैपिच्छे ट्राफिक पूर्वाधारको अस्तव्यस्त रूप प्रशस्तै देखिन्छन् र भेटिन्छन्।

कतै सडकमा लाइट राखिएको छैन भने कतै सडक सुरक्षाका सामग्री जथाभाबी फालिएका छन्। नो पार्किङ लेखिएका बोर्डहरु सडकको कुनामा जीर्ण अवस्थामा छन्। सडकछेउका बार भत्किएपछि मर्मतसम्भार हुँदैन। यस्ता समस्या काठमाडौँ उपत्यकाका अधिकांश सडकमा देख्न पाइन्छ।

पूर्ण जोखिम मोलेर सर्वसाधारण दिनहुँ यात्रा गरिरहेका हुन्छन्। तर सरकार यसमा बेखबर छ।

प्रकाशित: २१ माघ २०७९ ११:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =