हवाई सुरक्षाका लागि प्राधिकरणका ६ नयाँ नियम

हिमाल प्रेस २० माघ २०७९ १८:२४
4
SHARES
हवाई सुरक्षाका लागि प्राधिकरणका ६ नयाँ नियम

काठमाडौँ– हवाई उडान व्यवस्थित र सुरक्षित बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ नियम लागू गरेको छ। आन्तरिक हवाई उडान थप सुरक्षित र भरपर्दो बनाउन प्राधिकरणले ६ वटा नयाँ नियम ल्याएको हो।

प्राधिकरणको नयाँ नियमअनुसार पाइलटको दैनिक ड्युटी समय एक घन्टा कम गरिएको छ। त्यस्तै एक दिनको उडान र अर्को दिनको उडानका बीच कम्तीमा ८ घन्टाको फरक हुनुपर्नेछ। यसअघि ९ घन्टाको थियो।

त्यस्तै भीएफआर (भिज्युअल फ्लाइट रुल) भएका विमानस्थल नजिक १ हजार फिटको उचाइमा झरिसकेका विमानले धावनमार्ग परिवर्तन गर्न पाउने छैनन्।

छोटो धावनमार्ग भएका पहाड र हिमालका विमानस्थलमा यो नियम ५०० फिट तोकिएको छ। त्यसैगरी जहाज उडान गरेको पाइलट र को–पाइलटको जोडी बीचमा परिवर्तन गर्न पाइने छैन।

प्रकाशित: २० माघ २०७९ १८:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + fourteen =