दयाहाङको ‘चंगा’ सार्वजनिक

हिमाल प्रेस २० माघ २०७९ १७:१४
12
SHARES

काठमाडौँ- अभिनेता दयाहाङ राईको अभिनय रहेको म्युजिक भिडियो ‘चंगा’ सार्वजनिक भएको छ। करण राईको स्वर रहेको गीतमा प्रकाश आङ्देम्बेको शब्द रहेको गीतमा देवेश राईको संगीत छ।

करण ‘भ्वाइस अफ नेपाल’का चौथो संस्करणका विजेता हुन्। दयाहाङ अभिनीत म्युजिक भिडियोमा मानिसको जीवनलाई चंगासँग तुलना गरिएको छ।

अनिल सुब्बा निर्देशन रहेको भिडियोमा दयाहाङसँगै अशिम सुब्बा, संगीता थापा, मिलन खड्का, आकृति श्रेष्ठलगायत कलाकारको अभिनय छ।

गीत करण राईको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको छ।

प्रकाशित: २० माघ २०७९ १७:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 10 =