सामाजिक सुरक्षामा ३ लाख ९० हजार समेटिए, २९ अर्ब संकलन

हिमाल प्रेस १९ माघ २०७९ १६:३३
6
SHARES
सामाजिक सुरक्षामा ३ लाख ९० हजार समेटिए, २९ अर्ब संकलन

काठमाडौँ- योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा ३ लाख ९० हजार २८८ जना योगदानकर्ता समेटिएका छन्। सामाजिक सुरक्षा कोषका अनुसार माघ १४ सम्म १७ हजार ६१८ रोजगारदाता पनि कोषमा सूचीकृत भएका छन्।

कोषमा हालसम्म सबैभन्दा बढी बागमती प्रदेशका २ लाख ९९ हजार ८३५, प्रदेश नं १ बाट ३८ हजार ८४९, मधेशबाट २१ हजार ५६ जना समेटिएका छन्।

गण्डकीबाट १४ हजार ८९३, लुम्बिनीबाट १३ हजार ९६७, सुदूरपश्चिमबाट १ हजार ५०३ र कर्णालीबाट १ हजार १८५ श्रमिक सूचीकृत भएका छन्।

कोषले योगदानकर्ताबाट २९ अर्ब १२ करोड रकम संकलन गरेको छ।

कोषले योगदानकर्तालाई औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गर्दै आएको छ।

कोषले हालसम्म ३ अर्ब ३१ करोड दाबी भुक्तानी गरेको छ। कोषमा आबद्ध भएकामध्ये ६० हजार ३१६ जनाले लाभ लिएका छन्।

औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाबापत् ३७ करोड ३१ लाख ८६ हजार, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबापत ४४ करोड २१ लाख १५ हजार, आश्रित परिवार सुरक्षा योजनाबापत ५८ करोड ५३ लाख ५८ हजार र वृद्धावस्था सुरक्षा योजनाबापत २ अर्ब ७९ करोड ४४ लाख ७५ हजार भुक्तानी गरेको छ।

कोषले १० घातक रोगको उपचार गर्न योगदानकर्तालाई सेवा अवधिभर १० लाखसम्मको उपचार खर्च उपलब्ध गराउँछ। यो सुविधा प्राप्त गर्न योगदानको अवधि २ वर्ष योगदान गर्ने व्यक्तिले यस्तो सुविधा पाउनेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + eleven =