सांसदहरू काठमाडौँमुखी हुनु हुँदैन, नत्र जनताले राँको बालेर खेदाउँछन् : उपसभामुख

हिमाल प्रेस १९ माघ २०७९ १३:५९
6
SHARES
सांसदहरू काठमाडौँमुखी हुनु हुँदैन, नत्र जनताले राँको बालेर खेदाउँछन् : उपसभामुख

काठमाडौँ- उपसभामुख इन्दिरा रानाले सांसदहरू काठमाडौँमुखी हुन नहुने बताएकी छन्। संसद् भवन नयाँ बानेश्वरमा आयोजित सांसद्हरूका लागि दुईदिने अभिमुखीकरण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले जनताका समस्यालाई गुञ्जायमान गर्नुपर्ने बताएकी हुन्।

‘हामी काठमाडौँ केन्द्रित मात्रै भएर बस्ने हो भने हामीलाई गाउँमा जाँदा जनताले राँको बालेर खेदाउँछन्,’ उनले भने।

यस्तै उनले उपसभामुखलाई हेप्ने गरेको बताएकी छन्। ‘मैले केही गाउँहरू भिजिट गरेँ उपसभामुख भइसकेपछि उहाँहरूका लागि आवश्यक सामग्रीहरूको उपलब्धता छैन,’ उनले भनिन्, ‘यस्ता विषयहरू सदनमा गुञ्जियोस्, सांसदहरूले यी कुराहरुमा ध्यान दिनुहुनेछ। उपसभामुखलाई उप, चुप भन्ने कुरा छ । मैले यसमा उप अब उपर जाने हो भनेर आएकी छु।’

प्रकाशित: १९ माघ २०७९ १३:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 7 =