कर्णाली प्रदेश प्रहरीले सुरु गर्‍यो ‘सुरक्षित यात्रा अभियान’

हिमाल प्रेस १८ माघ २०७९ १८:५९
12
SHARES
कर्णाली प्रदेश प्रहरीले सुरु गर्‍यो ‘सुरक्षित यात्रा अभियान’ सुरक्षित यात्रा अभियानअन्तर्गत कर्णाली प्रदेश प्रहरीले बबईमा चालक र यात्रुहरूलाई सामूहिक सुरक्षा सचेतना प्रदान गर्दै प्रहरीहरू। तस्बिर- हिमाल प्रेस

सुर्खेत– कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरक्षित यात्रा अभियान सुरु गरेको छ। मातहत १० जिल्लामा सवारी दुर्घटना न्यूनीकरणका लागि उक्त अभियान सुरु गरिएको प्रहरीले जनाएको छ।

सुरक्षित यात्राका लागि नेपाल प्रहरी, ट्राफिक प्रहरीले चेक पोष्टहरूमा कम्तिमा ५ मिनेटभित्र सचेतना दिने, सवारी साधन अवस्था चेकजाँच गर्ने, प्रहरीप्रति जनताको अपेक्षा तथा सुझावबारे जानकारी लिने, गुनासो सुन्ने, सवारी चालकसँगै यात्रुहरूलाई सुरक्षित यात्राका लागि ट्राफिक नियम, सडक सुरक्षा सावधानीलगायत विषय जानकारी गराउने गर्दछन्।

कर्णाली प्रदेश गर्ने मुख्यद्वार बबईमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तथा सूचना अधिकारी माधव श्रेष्ठ, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेशका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रज्ज्वल महर्जनले चालक तथा यात्रुसँग सामुहिक रूपमा सुरक्षित यात्राबारे जनचेतना दिएका थिए।

प्रहरीले कर्णाली प्रदेशभर दुर्घटनाको दर बढ्दै गएपछि सवारी दुर्घटना न्यूनीकरणका लागि सुरक्षा सचेतना कार्यक्रम गरेको जनाइएको छ। प्रदेशभर सुरक्षित यात्रा कार्यक्रम लागु गरिएको र जसमा प्रहरीले यात्रु र चालकलाई गाडीमै सुरक्षा सचेतना दिने गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय प्रवक्ता माधव श्रेष्ठले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − three =